लमजुङ पुस ५, कालिकोटमा चुल्हो छोएको भन्दै एक दलितलाई कुपपिट गरी हत्या गरिएको विषयलाई लिएर लमजुङ जिल्लामा आज बन्दको आहृवान गरिएको थियो ।
दलितहरुको संयुक्त संघर्ष समिति तथा लमजुङका विभिन्न दलित संघ–संस्थाहरुले आहृवान गरेको सो बन्दका कारण यातायात, ब्यापार व्यवसाय, शैक्षिक संस्था, वैंक तथा वित्तिय क्षेत्र पुरै ठप्प हुदा जनजीवन प्रभावित भएको छ ।
कालिकोट जिल्लाको जुविधा–६ स्थित माई धाराको पसलमा चुल्हो छोएको आरोपमा कुटपीट गरी मनबहादुर सुनारको हत्या गरिएको विरोधमा आज एक दिन लमजुङ बन्दको आहृवान गरिएको बताइएको छ । हत्या गरिएका कालिकोटका मनवीरे सुनारलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नु पर्ने लगायतका मागहरु राख्दै बन्दको आहृवान गरेको जनाएको छ ।