कम्प्युटर प्रणाली कसरी सुरक्षित राख्ने ?

सामान्यतया कम्प्युटर सुरक्षित राख्नका लागि अर्थात् विभिन्न प्रकारका समस्याबाट बच्नका लागि डाटाफाइल व्यवस्थित गर्नुपर्छ । त्यसको साथै अनावश्यक डकुमेन्ट र फोल्डरहरू पनि ल्यापटप वा कम्प्युटरबाट हटाउनुपर्छ । मालवेयर आक्रमणबाट कम्प्युटरलाई जहिले पनि बचाइराख्नुपर्छ । जसको एन्टिभाइरस इन्सटल र अपडेट गर्नुको साथै एन्टिमलवेयर प्रोग्राम राख्नुपर्छ । यसैगरी पर्याप्त मात्रामा फायरवाल तथा सेफगार्ड प्रोग्राम र आवश्यक मात्रामा सेकुरिटी पासवर्ड राख्नुपर्छ ।
पीसीलाई सुरक्षित राख्ने अर्को उपाय भनेको हार्ड ड्राइभलाई सहीरूपमा प्रयोग गर्नु अर्थात् व्यवस्थित गर्नु हो । प्रायजसो हामीले पीसी अथवा ल्यापटपमा विभिन्न प्रोग्राम इन्सटल वा अनइन्सटल गर्ने गरेका हुन्छौं, जसले डाटा हराउने संभावना उच्च बन्नुको साथै अव्यस्थित हुनसक्छ । जसको फलस्वरूप कम्प्युटरको ड्राइभ स्पेस घट्न जान्छ, त्यसको अलवा कम्प्युटर प्रणालीको काम ढिलो हुन्छ ।
यसप्रकारको समस्या हटाउनका लागि हार्ड डिस्कको ‘डिफ्र्यागमेन्टेसन’ गर्नु धेरै आवश्यक हुन्छ । अधिकांश सञ्चालन प्रणाली आ–आफ्नै  ‘डिफ्र्यागमेन्टेसन’ को स्रोत हुन्छ । तर यस्ता स्रोतको अटो अपडेट फिचर हुँदैन । जसको अर्थ, तपाईंले आवश्यक संख्यामा डिफ्र्यागमेन्टेसन् अनलाइनमा हेर्नुपर्छ
त्यस्तै तपाईंले हरेक पटक विन्डोज रेजिस्ट्री सफा गर्नुपर्छ । के हो रेजिस्ट्री ? यो एउटा विशाल डाटा स्रोत हो । जसमा, माइक्रोसफ्ट पीसी वा ल्यापटपमा भएका सम्पूर्ण सूचनालाई व्यवस्थित गर्छ । यो डाटा स्रोतअन्तर्गत ‘स्पेस अफ एप्लिकेसन’, युजर इन्फरमेसन तथा कन्फिगुरेसनलगायतका फिचर रहेको हुन्छ ।
त्रुटिपूर्ण रेजिस्ट्री भएको खन्डमा तपाईं कम्प्युटर व्यवस्थित गर्न कठिन पर्न जान्छ । जुन समस्या समाधान गर्नका लागि तपाईंले वेबमा उपलब्ध ‘रेजिस्ट्री क्लिनर सफ्टवेयर’ राख्नुसक्नुहुन्छ । सामान्यतया, यी सबै रणनीतिले कम्प्युटरलाई छिटोछरितो गर्न मद्दत गर्छन् ।  निश्चित रूपमै यसले तपाईंको काम गर्ने दक्षता वृद्धि गर्न सघाउँछ ।