स्वरोजगारका निम्ति सम्झौता

२१ फागुन, काठमाडौं । साना किसान विकास बैङ्क रहेका क्षेत्रहरूमा युवा तथा साना व्यवसायी स्वरोजगार कर्जा लगानी गर्ने सम्बन्धमा बैङ्क र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता भएको छ ।
बेराजगार दलित, जनजाति, महिला तथा सिमान्त साना किसान र विपन्न परिवारको कृषि तथा परम्परागत सीपमा आधारित व्यवसाय प्रवर्द्धन गरी स्वरोजगारमूलक साना उद्यम तथा मझौला व्यवसाय सञ्चालन गर्ने उद्देश्यले भएको सम्झौता भएकोहो । सम्झौता अनुसार साना किसान बैङ्कले पहाडी १७ र तराईका २३ जिल्ला भित्र बैङ्कसँग आबद्ध लघुवित्त संस्था र साना किसान सहकारी संस्थालाई स्थानीयलाई कर्जा परिचालन गर्ने छ । त्यसका लागि कोषले कर्जा एवं प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
कोषबाट बैङ्कले पहिलो वर्ष ३० करोड रुपियाँ, दोस्रो वर्ष ३० करोड रुपियाँ र तेस्रो वर्ष ४० करोड रुपियाँ गरी तीन वर्षमा एक अर्ब कर्जा लिई आबद्ध संस्थाहरूमार्फत पहिलो वर्ष तीन हजार, दोस्रो वर्ष तीन हजार र तेस्रो वर्ष चार हजार गरी १० हजार परिवारलाई कर्जा परिचालन गरी स्वरोजगार एवं आर्थिक विकासको अवसर सिर्जना गरिने छ ।
कृषि, वागवानी, पुशपंक्षीपालन, स-साना ग्रामीण तथा घरेलु लघु उद्यम, स्वरोजगारमूलक एवं आयमूलक व्यवसाय, साना खुद्रा पसल, औषधि पसल, भेटेरिनरी औषधि पसल, मलखाद, बीउबिजन, सेवा व्यवसाय आदिका लागि सो कर्जा प्रवाह गरिने बैङ्क र कोषद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

झण्डै आधा करोड रुपैयाँ लिएर फरार

१८ फागुन, कास्की । पोखराको फूलवारीस्थित मणिपाल शिक्षण अस्पतालका एक कर्मचारीले विद्यार्थीको शिक्षण शुल्कबाट सङ्कलित झण्डै आधा करोड रुपैयाँ लिएर फरार भएका छन् ।
सम्बन्धित विद्यार्थी र तिनका अभिभावकले स्कूल अफ नर्सिङ्ग कार्यक्रमको अफिस एसिष्टेण्ट सुनिल शर्मा पौडेलले विद्यार्थीबाट सङ्कलित शुल्क खातामा नचढाई आफूले लिएर फरार भएको आरोप लगाएका हुन् । प्रमाणपत्र तहको नर्सिङ्ग दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरुका २७ जना अभिभावकले संयुक्तरुपमा हस्ताक्षर सङ्कलन गरी पौडेलको तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेका छन् ।

जिशिकामा लाखौंको भ्रष्टचार, शिक्षकहरुद्बारा कारबाहीको माग

एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले शिक्षा क्षेत्र तथा कार्यालयमा आर्थिक अनिमियतता गरेको भन्दै लमजुङ जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कारबाहीको माग गरेका छन् । संगठनले सोमबार प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियालाई विभिन्न १३ बुँदे मागपत्र सहितको ज्ञापनपत्र पेशगर्दै जिल्ला शिक्षा अधिकारीलार्इ कारबाहीको माग गरेको हो । जिल्ला शिक्षा अधिकारी आचार्यले २०६६ सालको कक्षा ८ को जिल्लास्तरिय परिक्षाको प्रश्नपत्र तथा परिक्षा सम्बन्धी छपार्इमा करिब ३ लाख ५० हजार भ्रष्टाचार गरेको र अहिले पनि उस्तै त्रिmयाकलाप देखाएको, शिक्षा समितिबाट जबरजस्ती निर्णय गरेर गाडी मर्मतमा १ लाख १० हजार निकासा गरेर अनिमियतता गरेको, मध्यमस्र्याङ्दी आयोजना छरछिमेक कार्यत्रmम अन्र्तगत विभिन्न विद्यालयमा कम्प्युटर वितरणमा ठेकेदारसँग मिलेर कमिसन खाएको जस्ता आरोप संगठनले लगाएको छ । यसैगरी जिल्ला शिक्षा कार्यालयमा आउने प्रशासनिक, मसलन्द तथा अन्य खर्चहरुको पारदर्सिता नगरेको, मर्मत तथा घरभाडाको रकममा समेत हिनामिना गरेको जस्ता माग राखी जिशिअलाई कारबाहीको माग गरिएको अखिल नेपाल शिक्षाक संगठनका अध्यक्ष ऋषिराम चापागाइँले बताउनुभयो ।