जिशिकामा लाखौंको भ्रष्टचार, शिक्षकहरुद्बारा कारबाहीको माग

एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले शिक्षा क्षेत्र तथा कार्यालयमा आर्थिक अनिमियतता गरेको भन्दै लमजुङ जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यलाई कारबाहीको माग गरेका छन् । संगठनले सोमबार प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियालाई विभिन्न १३ बुँदे मागपत्र सहितको ज्ञापनपत्र पेशगर्दै जिल्ला शिक्षा अधिकारीलार्इ कारबाहीको माग गरेको हो । जिल्ला शिक्षा अधिकारी आचार्यले २०६६ सालको कक्षा ८ को जिल्लास्तरिय परिक्षाको प्रश्नपत्र तथा परिक्षा सम्बन्धी छपार्इमा करिब ३ लाख ५० हजार भ्रष्टाचार गरेको र अहिले पनि उस्तै त्रिmयाकलाप देखाएको, शिक्षा समितिबाट जबरजस्ती निर्णय गरेर गाडी मर्मतमा १ लाख १० हजार निकासा गरेर अनिमियतता गरेको, मध्यमस्र्याङ्दी आयोजना छरछिमेक कार्यत्रmम अन्र्तगत विभिन्न विद्यालयमा कम्प्युटर वितरणमा ठेकेदारसँग मिलेर कमिसन खाएको जस्ता आरोप संगठनले लगाएको छ । यसैगरी जिल्ला शिक्षा कार्यालयमा आउने प्रशासनिक, मसलन्द तथा अन्य खर्चहरुको पारदर्सिता नगरेको, मर्मत तथा घरभाडाको रकममा समेत हिनामिना गरेको जस्ता माग राखी जिशिअलाई कारबाहीको माग गरिएको अखिल नेपाल शिक्षाक संगठनका अध्यक्ष ऋषिराम चापागाइँले बताउनुभयो । शिक्षा अधिकारी आचार्यले कार्यालयमा विद्यालयहरुको भवन निर्माणको नक्कली विल पेश गरी लाखौं रुपैया समेत असुलेको जानकारी आएको छ । यसैगरी उनले जिल्लामा श्रोत व्यत्तिहरुलाई ल्यापटप कम्प्युटर खरिद गर्ने नाममा ५० हजार घोटला गरेको अखिल नेपाल शिक्षक संघले जनाएको छ । संगठनले राखेका विभिन्न मागका सम्बद्धमा छानविन गरी अनुसन्धानको प्रत्रिया अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिनुभयो । यसैगरी अखिल नेपाल शिक्षक संगठनले हालै शिक्षा समितिको निर्ण्ाय अनुरुप लमजुङका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई निमित्त लेखी कामकारबाही गर्न गरेको पत्राचारको पनि विरोध गरेको छ । यथासिग्र प्रधानध्यापकहरुको बैठक बोलाएर उत्त निर्देशनका बारेमा निर्णय गर्न समेत आग्रह गरिएको छ । कक्षा ८ को प्रश्नपत्र छपार्इमा ३ लाख ५० हजार, गाडी मर्मतको नाममा १ लाख १० हजार, घरभाडा तथा मर्मतको नाममा ६० हजार, श्रोत व्यत्तिलाई ल्यापटप कम्प्युटर खरिदमा ५० हजार, विद्यालयको भवन निर्माणमा १ लाख, मध्यमस्र्याङदी छरछिमेक कार्यत्रम अन्तर्गत रहेको कोष्ाबाट विद्यालयहरुलार्इ कम्प्युटर खरिद गर्ने नाममा कमसल कम्प्युटर खरिद गरी लाखौं रुपैया घोटला, जिसिअ आचर्य भन्नुहुन्छ आफुले नयाँ शिक्षा नियमावली अन्तर्गत रहेर काम गरेको कारण शिक्षकहरुलाई काम कारवाहीमा अलि कठिनार्इ भएको कारण्ाले यस्तो खालको आरोप प्रत्यारोप लगाएको बताउनुभयो । आचर्यले जबरजस्ती शिक्षकहरुको सरुवा, शिक्षकहरुको हाजिर कापीमा रातो समेत लगाई दिएका बारेमा अखिल नेपाल शिक्षक संगठनले आरोप लगाएको छ । प्र..हरुको बैठककमा समेत उत्त खर्च तथा आम्दानीका वारेमा कुनैपनि जिज्ञासा नमेटाई दिँदा प्र..हरु आत्रोसित भएका छन् । तर जिशिअ आचार्यले आर्थिक अनियमियतताको बारेमा भने कुनै प्रतिकृया दिनुभएन्